Shikhar Insurance
National Life

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक छ : उपमहासचिव ज्ञवाली

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३, बिहीबार १३:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताएका हुन् ।

उनले संविधानको कार्यान्वयन गर्दै ९ वर्ष बिताइसकेको भन्दै संविधानमा भएका कमीलाई पूरा गर्ने समय आएको बताए । उनले यस बीचमा धेरै राम्रा उपलब्धिहरु भएका पनि बताउँदै मौलिक अधिकारहरु स्थापित हुनु, द्वन्द्व अन्त्य भएर मुलत: मुलुक नयाँ कोर्षमा अगाडि बढ्नु सकारात्मक पक्ष रहेको उल्लेख गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले समतामुलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना संविधानले गरेको भएपनि त्यसका लागि अझै धेरै कामहरु गर्न बाँकी रहेको बताए । संविधानको परिकल्पनाअनुसार समतामुलक, न्यायपूर्ण र समुन्नत समाज निर्माण हुन नसक्नु राजनीतिक अस्थिरता रहेको जनाए ।

उनले भने, ‘द्वन्द्व अन्त्य भएर मुलत: मुलुक नयाँ कोर्षमा अगाडि बढेको छ । यत्ति हुँदाहुँदै पनि हामीले स्वीकार गर्नुपर्छ की, संविधानले जस्तो खालको समाजको समतामुलक, न्यायपूर्ण र समुन्नत समाजको परिकल्पना गरेको छ, त्यसमा भने हामीले धेरै कामहरु गर्न बाँकी छ । त्यसको एउटा मुख्य कारण मुलुकको राजनीतिक अस्थिरता हो ।’

उपमहासचिव ज्ञवालीले संघीयता नौलो अभ्यास रहेकाले गर्दै र सिक्दै जानुपर्ने बताउँदै संघ सरकारबाट बन्नुपर्ने केही कानूनहरु नबन्दा प्रदेशले पूर्ण रुपमा अधिकार प्रयोग गर्न नपाएको उल्लेख गरे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्