Shikhar Insurance
National Life

संविधानको मर्मलाई राजनीतिक दलले आत्मसात गरेर अघि बढ्नुपर्छ : प्रदेश प्रमुख देवकोटा

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३, बिहीबार १२:४१
Hyundai
NCELL
NIMB

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दिपकप्रसाद देवकोटाले गणतान्त्रिक संसदीय व्यवस्थालाई दिगो एवम् जनतालाई आर्थिक र विकासको पूर्वाधारमा जोड्न सके मात्र प्रजातन्त्रणको भविष्यमाथि प्रश्न नउठ्ने बताएका छन् ।

बागमती प्रदेश, संविधान दिवस मूल समारोह समितिद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उहाँले संविधानको मर्म र भावनालाई सबै राजनीतिक दलले आत्मसात गरेर अघि बढ्नुपर्ने खाँचो औल्याएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रदेश प्रमुख देवकोटाले प्रमुख राजनीतिक दलले आ–आफ्नो स्वार्थलाई त्यागेर देश र जनताप्रति जवाफदेही बन्नुपर्ने जनाउँदै प्रदेश सरकारले पनि सुशासनको प्रत्याभूमि गर्नुका साथै भ्रष्टाचार नियन्त्रणको लागि एकजुट हुनुपर्ने सुझाव दिए ।

उनले अहिले जनता राजनीतिक परिवर्तनको खोजीमा नरहेको स्पष्ट पार्दौ सङ्घीय सरकार र प्रदेश सरकारले आपसमा सहकार्य गरेर प्रजातन्त्रलाई संस्थागत सुदृढीकरणको लागि काम गर्नुपर्ने औँल्याए । उक्त अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले मुलुकलाई आर्थिक समृद्धि, विकासको पूर्वाधार र पर्यटन क्षेत्रको स्तोरोन्नतीको लागि सङ्घीय सरकारले प्रदेश सरकारलाई सहयोग पुर्याउनुपर्छ भने ।

उनले प्रदेशको १३ वटै जिल्लाका जनतालाई भौतिक पूर्वाधारको विकाससँगै स्वास्थ्य उपचारको साथै कृषि उत्पादनका लागि पनि सरकारले निष्पक्ष ढङ्गबाट बजेट विनियोजित गरिएको उल्लेख गरे । मुख्यमन्त्री लामाले प्रदेशमा पटक–पटक सरकारको नेतृत्व परिवर्तन भइरहने प्रक्रियाले पनि जनतामा निराशा छाएको उल्लेख गरे । उनले अब प्रदेश सरकारले यसै चालु आर्थिक वर्षको असोज महिनाको दोस्रो हप्तादेखि राष्ट्रिय गौरबको आयोजना, विकासको पूर्वाधार कार्यान्वयन गर्ने प्रकृया सुरु भइसकेको जानकारी दिए ।

उनले राजनीतिक दलले आफ्नो स्वार्थको लागि सरकार परिवर्तन गर्ने खेलतर्फ आकर्षित नभई गणतान्त्रिक व्यवस्थालाई सुदृढिकरण गर्नेतर्फ एक ढिक्का भई अघि बढ्न सकिएमा प्रजातन्त्रको भविष्य उज्वल हुने विश्वास व्यक्त गरे । पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संविधानको संरचनाअनुसार प्रदेशको संरचनामा शुन्यबाट सुरु हुँदाको अवस्था र अहिले निकै परिवर्तन ल्याइसकेको छ भने । उनले अहिले प्रजातन्त्रको विकल्प खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न दलले आपसमा मनमुटाब होइन, आपसमा समन्वय र सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।

सो अवसरमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले संविधानको मर्मअनुसार संसदीय व्यवस्थालाई अझ गतिशील तुल्याउन प्रदेश सरकारले आफ्नो कार्यसम्पादनलाई इमान्दरीपूर्वक कार्य गर्दै आएका छ भने । उनले जनतालाई मानवअधिकारी शान्तिसुरक्षा एवम् विकासको पूर्वाधारलाई जोड्ने कार्यमा सरकार र प्रदेश सभाबीच सन्तुलन हुनुपर्ने उल्लेख गरे ।

संविधान दिवस समारोह मनाउन आज हेटौँडास्थित भुटनदेवी माविको प्राङ्गनबाट निस्किएको र्‍यालीले हेटौँडा नगरको परिक्रममा गरी मुख्यमन्त्री कार्यालयको परिसरमा पुगेपछि समारोहमा परिणत भएको थियो ।

उक्त पैदल र्‍यालीका प्रदेशका मुख्यमन्त्री लामा, मन्त्री विभिन्न मन्त्रालयका सचिव, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, विभिन्न कार्यालय प्रमुख, सेना, प्रहरीका उच्च अधिकृतको साथै नेपाली सेना र प्रहरीको न्यौली बाँजा र झाँकी सहभागी थिए । सो अवसरमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राष्ट्रिय झण्डोतोलन गर्नुभएको थियो । यस अवसरमा नेवारी, तामाङ र पञ्चेबाजासमूह सांस्कृतिक झलक प्रस्तुत गरिएको थियो ।

राष्ट्रिय झण्डा फहर्‍याइयो

संविधान दिवसको उपलक्ष्यमा गठित बागमती प्रदेश संविधान दिवस मूल समारोह समितिद्वारा हेटौँडास्थित बुद्धचोक र हटौँडा–११ थानाभर्याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा बागमती प्रदेशका आर्थिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले राष्ट्रिय झण्डा फहर्‍याउने कार्यक्रमको आज शुभारम्भ गरे ।

मन्त्री लामिछानेले संविधान दिवसको उपलक्ष्यमा नारायणी यातायात व्यवसायी सङ्घद्वारा सञ्चालित विभिन्न प्रकारका सवारीसाधनमा आज यहाँ राष्ट्रिय झण्डा फहर्‍याका थिए । उनले मुलुकमा संविधानको मर्मअनुसार सबै राजनीतिक दलले जनताप्रति केन्द्रित रहेर विकासको लागि राजनीतिक गरिँदा संसदीय प्रजातन्त्रको भविष्य उज्वल हुने बताए । उनले गणतान्त्रिक संसदीय प्रजातन्त्रको विकल्प आम जनताले नचाहेको जनाउनुहुँदै ती समूहले जनमतको इच्छालाई बुझ्ने प्रयास गर्नुपर्छ भने ।

नारायणी व्यवसाय सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले प्रदेशको १३ वटै जिल्लामा सञ्चालित बस, मिनी, ट्याक्टर, ट्रक र बाईकमा राष्ट्रिय झण्डा सजावट गरी यातायात सञ्चालन गरिरहेको जानकारी दिए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्