Shikhar Insurance
National Life

असोज ९ गतेदेखि पोखरामा क्लबस्तरी भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

सिंहदरबार संवाददाता
२०८१ आश्विन ३, बिहीबार ११:२९
Hyundai
NCELL
NIMB

पोखरा । पोखराको नदीपुरमा ८ औं क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । असोज ९ गतेदेखि १३ गतेसम्म नदीपुरस्थित छन्त्याल समाजको खेल मैदानमा हुने गरी सो प्रतियोगिता आयोजना गरिएको संयोजक मनोज खड्काले बताएका हुन् ।

संयोजक खड्काका अनुसार पुरुषतर्फ बढीमा १२ समूह सहभागी हुनेछन् । विजेता पुरुष समूहले १ लाख ३० हजार र उपविजेताले ८० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, महिलातर्फ स्थानीय सहित करिब १० क्लबले सहभागिता जनाउने अपेक्षा गरिएको बताउँदै विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । पुरुषतर्फ सहभागी समूहले ३ जनासम्म राष्ट्रिय खेलाडी र महिलातर्फ समूहमा २ जना राष्ट्रिय खेलाडी समावेश गर्न पाइने संयोजक खड्काले जानकारी गराएका थिए ।

प्रशिक्षण केन्द्रका संरक्षक तथा शारीरिक सुगठनका पूर्व राष्ट्रिय खेलाडी पदम श्रेष्ठले स्थापनाकालदेखि हालसम्म पोखरा भलिबल प्रशिक्षण केन्द्रले भलिबल प्रशिक्षण गराउनुका साथै वर्षेनी प्रतियोगिताको कार्यक्रम गर्दै आइरहेको जानकारी गराए ।

उनले विगतका वर्षहरुमा भएका प्रतियोगिताबाट बचत रकम दिनदुखी, असहाय, गरिब, वृद्ध तथा अनाथहरुलाई सहयोग गरेको बताए । अन्तराष्ट्रिय रेफ्रि टहलसिंह थापा मगरले प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न आफुले पूर्ण रुपमा सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।

सहआयोजक एफोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस र विशेष सहयोगी छन्त्याल ब्रदर्श, नदीपुर रहेको छ । अघिल्लो वर्ष सातौ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा पुरुष तर्फ गल्कोट स्पोर्ट क्लव र महिला तर्फ धादिङ स्पोर्ट क्लब विजयी बनेका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्