Shikhar Insurance
National Life

५० करोड लगानीमा ‘भिडोल’ प्लान्ट स्थापना, असोज १ बाट उत्पादन सुरु

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १९:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । लुब्रिकेन्ट ब्रान्ड ‘भिडोल’ ले नेपालमै उत्पादन  सुरु गरेको छ । भिडोल लुब्रिकेन्टका आधिकारिक बिक्रेता युनाइटेड लुब्रिकेन्ट ईण्डस्ट्रिजको असोज १ गते मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेशनल लिमिटेड, युकेका निर्देशक अरिजित वासुले एक औपचारिक कार्याक्रमका साथ उद्घाटन गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल गोल्डका लागि आधिकारिक उत्पादन युनाइटेड लुब्रिकेन्टले मिथिला ३, लालभट्टिया धनुषामा ५० करोड लगानिमा भिडोल ब्राण्डका लुब्रिकेन्टहरुको उत्पादन सुरु गरेको हो । उक्त कम्पनी १ लाख ७५ हजार ८ सय ७६ वर्गफिट क्षेत्रफलमा प्लान्ट स्थापना गरी विभिन्न इन्जिन आयत, ग्रिज तथा लुब्रिकेन्ट उत्पादनको सुरु गरेको छ ।

 

उक्त कम्पनीको निर्माण कार्य सन् २०२१ मा सुरु गरेर ३ वर्षमा सम्पन्न गरी सन् २०२४ मा औपचारिक रुपमा उद्घाटन गरेर उत्पादन सुरु गरेको कम्पनी प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्रले जानकारी दिए ।

उनले भने ‘नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्ट र ग्रिजको गुणस्तरमा कुनै पनि कमी हुने छैन् ।’ उनले उक्त प्लाज्टबाट वार्षिक ६ हजार टन लुब्रिकेन्ट्र उत्पादन हने दाबी गरे । भिडोल विश्वको १८ देशमा उत्पादन र ७५ भन्दा बढी देशमा बिक्री गर्दै १२ देशबाट लाइसेन्स प्राप्त गरेको छ भने पछिल्लो समय नेपालबाट पनि उत्पादन सुरु गरेको उनले बताए ।

मुख्यमन्त्री सतिश कुमार सिंहले भने‘ लुब्रिकेन्ट जस्तो अत्यावश्यक वस्तु नेपालमा उत्पादन सुरु हुनु ठुलोे सफलता हो ।’ लुब्रिकेन्ट उत्पादनसँगै नेपालमा रोजगारी सिर्जना र आर्थिक रुपमा सहयोग पुर्याउने उनले बताए ।

लुब्रिकेन्टको कच्चापदार्थ स्टोरेज, प्रोसेसिङ, प्याकेजिङ तथा स्टोरेजसहितको वृहत प्लान्टमा कम्पनीले कूल २ हजार ४ सय किलोटिर लुब्रिकेन्ट स्टोरेज ट्यांक स्थापना गरेको जनरल म्यानेजर दिनेश खनालले जानकारी दिए ।

मेन प्लान्ट ३८ हजार ४२५ वर्गमिटर क्षेत्रफलमा रहेको छ भने कच्चापदार्थ स्टोरेजका लागि ६ हजार ७९३ वर्गफिट, बोइलर क्षेत्रका लागि ४ हजार ७४४ वर्गफिट, वाइरहाउस क्षेत्र ३८ हजार ४२५ वर्गफिट र रेसिडेन्ट तथा सेकुरिटी कोलोनी क्षेत्र ४ हजार १ सय वर्गफिटमा रहेको उनले बताए ।

मासिक १० लाख लिटर (१ हजार किलोलिटर) लुब्रिकेन्ट उत्पादन क्षमता रहेको प्लान्टमार्फत हाल दैनिक ३३ हजार लिटर लुब्रिकेन्ट उत्पादन गरिरहेको कम्पनीले उनले जानकारी दिए । प्लान्टबाट दैनिक सिफ्ट अनुसार १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार केजी ग्रिज उत्पादन गर्दैआएको छ ।

कम्पनीले आवश्यक बेसआयल, सिन्थेटिक लगायतका कच्चपदार्थ भारतबाट आयात गरी लुब्रिकेन्टको ब्लिडिङ गर्नेगर्छ भने तयारी लुब्रिकेन्ट नेपाल भरका मार्केटमा बिक्री वितरण गर्ने उनले जानकारी दिए ।

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्