Shikhar Insurance
National Life

१० लाख कित्ता आईपीओ निष्कासन गर्दै ठमेल प्लाजा होटल, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १८:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । ठमेल प्लाजा होटलले प्रति सेयर अङ्कित मूल्य १ सय रुपैयाँका दरले १० लाख कित्ता आईपीओ जारी गर्ने भएको हो ।

ठमेल प्लाजाले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत(सीईओ) लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटल एण्ड सुइटस्को तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले उक्त निष्कासित सेयरको लागि निष्कासन तथा बिक्री प्रबन्धक सेवा प्रदान गर्ने सम्बन्धि द्विपक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्