काठमाडौं । लुमिनस इन्भर्टर एवं सोलार ब्याट्रीको एकमात्र आधिकारिक वितरक एमट्रेड प्रालिले ‘डिलर मिट २०२४’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ‘ब्राइटर विद लुमिनस’ कार्यक्रम भदौ २७ गते आयोजना गरेको थियो ।
पावर व्याकअप सोलुसन मार्फत नेपालमा योगदान पुर्याएको एक दशक पुरा भएकोमा सम्पूर्ण ग्राहक, च्यानल पार्टनरहरु तथा एमट्रेड प्रालिलाई धन्यवाद ज्ञापन गर्दै सञ्चालन प्रमुख योगराज ढुगांनाले भने, ‘यस प्रकारको साथ र सहयोगले हामिलाई थप जिम्मेवार बनाएको छ साथै अझै परिस्किृत ढङ्गले अघि बढ्ने हौसला मिलेको छ ।’
साथै, लक्की ड्र मार्फत एक जोडीलाई दुवाई टुर प्याकेज पनि प्रदान गरिएको थियो । यस कार्यक्रममा लुमिनस ब्राण्डका व्यवसायिक साझेदार हरु विचको सम्बन्धलाई अझ बढी आत्मियता र बलियो सम्बन्ध बनाउन सफल भएको छ ।
यसलाई भोलिका दिनहरुमा यस ब्राण्डलाई नेपाली बजारमा निरन्तर अग्रिणी भुमिका खेल्ने कम्पनीले बिश्वास लिएको कम्पनीले जनएको छ । कार्यक्रममा एमट्रेड प्रालिका नेपालभरी रहेका डिलरहरु, एमट्रेड प्रालिका प्रतिनिधिहरु र लुमिनस इन्डियाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्