Shikhar Insurance
National Life

४ अंकले घट्यो सेयर बजार, कारोबार रकममा भने उच्च गिरावट

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १५:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ४.०० अंकले घटेर २५७६.७६ बिन्दुमा पुगेर बजर बन्द भएको हो ।

बुधबार ३२० कम्पनीको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच हुदाँ ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार ९ सय ६१ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २० करोड ५८ लाख ८ हजार रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ९ सय ९९ रुपैयाँ पुगेको छ ।

बुधबार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बुधबार कालिका लघुवित्तको सेयर मूल्य ८.०८ प्रतिशतले बढेका छ भने गुडविल फाइनान्सको सेयर मूल्य ६.७७ प्रतिशतले घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्