काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आागमी संसदको शुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन् । बुधबार काठमाडौंको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारको न्युनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रश्ताव अघि बढाइएको बताए । उनले शिक्षा ऐन दशैँ तिहार लगत्तै सुरु हुने संसदको हिउँदे अधिवेशनको शुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको जानकारी दिए । उनले सरकारको न्युनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको पनि जानकारी दिए ।
उनले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) , राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसावमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बतए । उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउनसके छिटै शिक्षा विधेयक पारित हुने बताए ।
महामन्त्री थापाले केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्