Shikhar Insurance
National Life

टिजि अटोले गर्‍यो एकै वर्ष झण्डै ३ अर्बको कारोबार, गत वर्षभन्दा २ अर्ब ७३ करोड बढी

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १४:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । टिजि अटो ग्रुप कम्पनीले एक वर्षमा करिब ३ अर्ब रुपैयाँ कारोबार गरेको छ । केयर रेटिङ एजेन्सीले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले सन् २०२४ मा २ अर्ब ९२ करोड १० लाख रुपैयाँ व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा १८ करोड ९० रुपैयाँ व्यापार गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले २०२४ मा २ अर्ब ७३ करोड २० लाख रुपैयाँले बढी व्यापार गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले व्यवसायीक यात्रा सुरु गरेको पहिलो वर्षमा १८ करोड बढी व्यापार गरेका थियो भने कम्पनीको आफ्नो व्यापार विस्तार गर्दै झण्डै ३ अर्ब पुर्याएको तथ्यांकले देखाएको छ । कम्पनीको ब्याज कभरेज रेसियो २०२३ मा २.६९ र २०२४ मा ५.३२ रहेको छ ।

टिजि अटो ग्रुप कम्पनी २०२२ मा स्थापना भएको थियो तर कम्पनीले व्यावसायिक यात्रा भने २०२३ देखि सुरु गरेको थियो । यो नेपालको त्रिवेणी समूहको एक हिस्सा हो । कम्पनीको एसेम्बली प्लान्टको स्थापित क्षमता २० हजार युनिट रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्