Shikhar Insurance
National Life

डिजिटल कन्सोल सहितको ‘बजाज पल्सर एनएस २००’ नेपाली बजारमा, यस्तो छ विशेषता र मूल्य

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १३:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली बजारमा नयाँ ‘बजाज पल्सर एनएस २००’ को बिक्री सुरु गरेको छ ।

६–स्पीड गियरबक्स रहेको बजाज पल्सर एनएस २०० ब्लुटुथ कनेक्सन र नेभिगेसनका साथ नेपाली बजारमा ल्याएको हो । नयाँ बजाज एनएस २०० मा पावर, प्रविधि, र डिजाइनको उत्कृष्ट संयोजन रहेको र यसमा ट्रिपल स्पार्क फोर भल्भ इन्जिन उपलब्ध रहेको छ जसले १८ किलोवाट पावर र १८.७४ एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसमा लागि ६–स्पीड गियरबक्स र नयाँ प्रणालीको एलइडी लाइटिङ रहेको छ भने यस मोटरसाइकलको मुख्य विशेषता भनेको ब्लुटुथ कनेक्टिभिटी सहितको पूर्ण-डिजिटल कन्सोल हो जसमा टर्न–बाई–टर्न नेभिगेसन, गियर पोजिसन इन्डिकेटर, डिस्ट्यान्स-टु-एम्प्टी रिडआउट, र इन्धन खपतको डेटा रहेको छ ।

कम्पनीका अनुसार अपसाइड-डाउन फ्रन्ट फोर्क्स र डुअल–च्यानल एबिएसले उत्कृष्ट ब्रेकिङ कन्ट्रोल प्रदान गर्दछ । स्पोर्टी डिजाइन, उन्नत इन्जिनियरिङ र उत्कृष्ट पावर-टु-वेट रेसियोले यस मोटरसाइकल जस्तोसुकै सडकमा फिट हुने कम्पनीको दाबी छ ।

यसबारे बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘हामी नेपाली बजारमा नयाँ बजाज पल्सर एनएस २०० सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । एनएस २०० पहिले नै नेपाली राइडरहरुको मनमा बस्न सफल भइसकेको मोटरसाइकल हो । ग्राहकहरुको आवश्यकतालाई नै ध्यानमा राख्दै हामीले नयाँ प्रविधिलाई अगाल्दै पूर्ण डिजिटल कन्सोल सहितको बजाज पल्सर एनएस २०० नेपालमा भित्राएका हौं ।’

नयाँ बजाज पल्सर एनएस २०० को मुल्य ४ लाख ४४ हजार ९ सय रुपैयाँ रहेको छ भने ग्राहकहरूले उक्त मोटरसाइकल देशभरका बजाज शोरुमबाट खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्