Shikhar Insurance
National Life

निजी क्षेत्रले सरकारलाई दिएका सुझाव लागू गर्ने हो भने छोटो समयमै देश विकास हुन्छ : अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १२:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका परिवर्तित नीति निजी क्षेत्रले माग गरे अनुसारको रहेको बताएका हुन् ।

उनले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयलाई महत्त्व दिएर निजी क्षेत्रले दिएका सुझावहरु कार्यान्वयन हुँदै गएको बताए । अन्य मुलुकमा निजी क्षेत्रलाई समेटेर सँगै गएको बेला नै आर्थिक समृद्धि र विकासले गति लिएको बताउनु भयो । उहाँले निजी क्षेत्रका मागहरु सम्बोधन गर्ने देशहरुले नै छोटो समयमा विकास गरेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अहिले आफूहरुले सरकारलाई निजी क्षेत्रका मागहरु सम्बोधन गर्न आग्रह गरेको र जसमा सरकार सकारात्मक रहेको जानकारी दिए । उनले निजी क्षेत्रका मागहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी सकारात्मक रहेको तर कर्मचारीतन्त्रमा पनि सोही सकारात्मकता हुनुपर्ने बताए ।

मुलुकको अर्थतन्त्रमा क्रमश: सुधार हुन थालेको जस्तो देखिए पनि उत्साही हुन नसकिएको बताए । अध्यक्ष ढकालले बैंकको ब्याजदर घट्दा कर्जा प्रवाह उल्लेख्य हुन नसक्नु अझै वित्तीय असुरक्षाको शंका गर्ने ठाउ बाँकी रहेको बताए ।

यस्तो अवस्थामा निजी क्षेत्र सन्तुष्ट भएर बस्ने अवस्था नरहेको बताए । अध्यक्ष ढकालले सबै सकारात्मक हुने हो भने देश विकासले गति लिने र असुरक्षाको अवस्था हटेर जाने विश्वास व्यक्त गरे ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्