Shikhar Insurance
National Life

साहज ऊर्जाकाे साधारण सभा कात्तिक ४ मा, ८ प्रतिशत बोनस सहित शतप्रतिशत हकप्रद ल्याउँदै

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार ११:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । साहस उर्जा लिमिटेडले कात्तिक ४ गतेका लागि साधारण सभा डाकेको छ । भदौ ३१ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले कात्तिक ४ गते कार्की व्याङक्वेट, बबरमहलमा साधारण सभा बस्ने निर्णय गरेको हो ।

सभाले शतप्रतिशत हकप्रद सेयरका साथै ८ प्रतिशत बोनस सेयर पारित गर्नुका साथै कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांस पारित गर्ने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाले आर्थिक वर्ष २०७७/०७८, २०७८/०७९, २०७९/०८० २०८०/०८१ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने आव २०७७/०७८, २०७८/०७९, २०७१ /०८० र २०८०/०८१ को लेखा परिक्षण प्रतिवेदन सहितको वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत) सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

साथै, सभामा आर्थिक वर्ष ०८१/०८२ को लेखा परिक्षण गर्न लेखा परिक्षक नियुक्ती तथा पारिश्रमिक तोक्ने छ भने प्रस्तावित बोनस सेयरको कर प्रयोजनको लागि ०.४२१ प्रतिशतका दरले हुने १ करोड ४७ लाख ३६ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, सभामा परियोजनाको लागि लिइएको थप ऋण अनुमोदन गर्ने र कम्पनीको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुने २८ करोड बराबरको २८ लाख कित्ता बोनस सेयर वितरण गर्ने सम्बन्ध छलफल गर्नेछ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोमा बोनस सेयर वृद्धि पश्चात हुन आउने चुक्ता पूँजी ३ अर्ब ७८ करोड को १:१ अनुपातमा ३ अर्ब ७८ कारेड बराबरको ३ करोड ७८ लाख कित्ता हकप्रद सेयर जारी गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अधिकृत पुँजी १० अर्ब हुनेछ । सो पुँजीलाई प्रतिशेयर १ सय रुपैयाँका दरको १० कारेड थान साधारण सेयरमा विभाजन गरिएको समेत कम्पनीले सूचनामार्फत जनाएको छ । साथै, सभामा सञ्चालक समितिको संस्थापक समुहको ४ सदस्य तथा सर्वसाधारण समूहको २ सदस्य पदको निर्वाचन गर्नेछ ।

साधारण सभामा उपस्थित हुने सेयरधनीहरुले सभा हलमा प्रवेशको लागि सक्कल प्रमाणपत्र वा हितग्राही खाता खोलिएको कागाजत अथवा कुनै आधिकारीक परिचयपत्र साथमा लिई आउनु पर्ने कम्पनीले उल्लेख गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्