Shikhar Insurance
National Life

सानिमा रिलायन्सकाे साधारण सभा असोज २३ गते, बुक क्लाेज कहिले ?

सिंहदरबार संवाददाता
२०८१ आश्विन २, बुधबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सभा असोज २३ गते अनमोल बैंक्वेट, शंखमुल काठमाडौं बिहान ११ बजे बस्ने आव्हान गरेको हो ।

सभामा कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने आव२०७९/०८० को वार्षिक प्रतिवेदनमाथी छलफल गरी पारित गर्नेछ ।

साविक रिलायन्स लाइफ र सानिमा को आव २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वितरण गर्ने सम्बन्धका प्रस्ताव समेत सभाले पारित गर्ने ।

सभामा गत आर्थिक वर्षको लेखापरिक्षणको लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको परीश्रम तोक्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभामा सञ्चालकहरुको सुविधा परिमार्जन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साथै, कम्पनीले साधारण सभा प्रयोजनको लागि असोज ११ गते एक दिनको लागि बुकक्लोज गर्ने भएको छ । जसअनुसार असोज १० गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित बोनस र सभामा भाग लिन पाउँने एक सूचनामार्फत कम्पनीले जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्