Shikhar Insurance
National Life

बीमा शुल्क सङ्कलनमा पर्साको हिस्सा १.८८ प्रतिशत मात्रै

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार १७:५१
Hyundai
NCELL
NIMB

पर्सा । आर्थिक र औद्योगिक नगरीको रुपमा परिचित पर्सा जिल्लामा जीवन बीमाप्रति सर्वसाधारणको आर्कषण न्यून देखिएको छ । बीमासम्बन्धी जनचेतनाको कमीले यहाँका सर्वसाधारणमा बीमाप्रतिको आकर्षण न्यून देखिएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा शुल्क सङ्कलनमा पर्साको हिस्सा एक दशमलव ८८ प्रतिशत मात्रै छ । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आर्थिक र औद्योगिक नगरीको रुपमा पर्सा चिनिए पनि जीवन बीमा र निर्जीवन बीमाप्रति सर्वसाधारणको आकर्षण न्यून रहेको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘जिल्लामा आव २०८०/८१ सम्मको अवधिमा जीवन बीमा तर्फ जारी बीमालेख सङ्ख्या १२ हजार ५५ रहेको छ’ उनले भने ‘जीवन बीमाको सक्रिय बीमालेख सङ्ख्या १२ लाख ३ हजार चार सय ७७ छ ।’ प्राधिकरणका अनुसार गत आवमा जिल्लामा जीवन बीमाको भुक्तानी सङ्ख्या ६ हजार आठ सय २० रहेको थियो । सो अवधिमा दाबी भुक्तानी रकम ८७ करोड ८८ लाख रहेको छ ।

जिल्लामा आव २०८०/८१ सम्म जारी निर्जीवन बीमा लेख सङ्ख्या ८४ हजार ७ सय २३ रहेको छ । सो अवधिमा निर्जीवन बीमातर्फ बीमा शुल्क सङ्कलन एक अर्ब १३ करोड १६ लाख रहेको छ । त्यस्तै, निर्जीवन बीमा शुल्क सङ्कलनमा जिल्लाले दुई दशमलव ७५ प्रतिशत मात्र हिस्सा ओगटेको छ ।

जिल्लामा निर्जीवन बीमाको दाबी भुक्तानी सङ्ख्या दुई हजार पाँच सय ६७ रहेको छ । सो अवधिमा निर्जीवन बीमाको दाबी भुक्तानी रकम ६४ करोड ८२ लाख रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्