Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमन ट्री होटलमा ३५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार १३:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई काठमाडौं, बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर बुढानिलकण्ठ होटलमा विभिन्न सेवाहरुमा ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ ।

नजिकिदै गरेका दशैंं, तिहार, छठ जस्ता विभिन्न चाडपर्वहरुको विशेष अवसरमा भिसा डेबिट कार्ड तथा भिसा क्रेडिट कार्ड र मास्टरकार्ड प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकहरुलाई बैंकले यस्तो सुविधा उपलब्ध गराएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त छुट प्रदान गर्ने सम्झौतामा बैंक र होटलबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारी अनुसार कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरुले होटलको बसाई, खाना तथा पेयपदार्थमा २० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

त्यस्तै, सेवामा ३० प्रतिशतदेखि ३५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । साथै, आफ्नो विशेष अवसर परेर होटलमा बस्ने बैंकका ग्राहकहरुले एक पाउण्डको केक कम्प्लिमेन्ट्रीको रुपमा र भिसा क्रेडिट कार्ड तथा मास्टरकार्ड प्रयोगकर्ताले रुम अपग्रेडको कम्प्लिमेन्ट्री प्राप्त गर्न सक्ने होटलले जनाएको छ ।

उक्त छुट अफर मंसिर १५ गतेसम्मका लागि मात्र लागू हुने बैंकले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्