Shikhar Insurance
National Life

दशैं-तिहार अफर: इसेवाबाट कारोबार गर्दा नामी इलेक्ट्रिक कार सित्तैमा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार १३:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ग्राहकहरुका लागि बम्पर अफर सार्वजनिक गरेको छ । इसेवाले दशैं-तिहार र छठ पर्व लक्षित गर्दै ‘इसेवा महा-उत्सवस इसेवाको कारोबारमा एनएएमएमआईको नामी कार’ अफर सार्वजनिक गरेको हो ।

यस अफरमा असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म इसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरू मध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका अनुसार कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप इसेवाका जुनसुकै सेवाको प्रयोग वा इसेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ।

यसका साथै, १ सय रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आइफोन १६ पनि जित्न सक्नेछन्। १ सय रुपैयाँमा सो खेल खेल्न सकिने र त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रेस विज्ञप्तीमार्फत भन्यो, ‘दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ । दैनिक अफर अन्तर्गत, अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ । उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन् ।’

त्यस्तै, साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मङ्गलबार इसेवाका विभिन्न सेवाहरुस् मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छुट तथा क्यासब्याक पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्