Shikhar Insurance
National Life

राष्ट्रव्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिर विजयी

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार १२:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बाल संगठनले आयोजना गरेको ‘राष्ट्रिय विद्यालय लोक नृत्य प्रतियोगिता २०८१’ मा आस्था विद्या मन्दिरका छात्राहरूले प्रथम स्थान हासिल गरेका छन् ।

विजयीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार वितरण गरेका थिए । उनले छात्राहरूको कडा मेहनत र समर्पणलाई पनि प्रसंसा गर्दै भविष्यमा उनीहरूले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रधानमन्त्री ओलीले बालबालिकाको प्रतिभा उजागर गर्न र संस्कृति जगेर्ना गर्न यस्ता प्रतियोगिताहरू अत्यावश्यक रहेको बताउँदै विद्यालयहरूले यस्ता अवसरलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रतियोगितामा देशभरका विभिन्न विद्यालयहरूले सहभागिता जनाएका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्