Shikhar Insurance
National Life

आइसरका गाडी किन्दा ७० प्रतिशत फाइनान्ससहित २५ लाखको इन्स्योरेन्स सुविधा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार १२:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । बतास मोरङ्ग अटो वर्कस कमर्सियल भेहिकल आइसरले दशै तिहार, छठ पर्व चाडलाई लक्षित गर्दै ‘दशैंको हर्ष, आइसरको वर्ष’ अफर योजना ल्याएको छ ।

आइसरले आइसरका कुनै पनि स्कुल बस, कमर्सियल बस, ट्रकको खरिदमा ७० प्रतिशतसम्मको सरल फाइनान्स, २५ लाखसम्मको इन्स्योरेन्स तथा एक्सचेन्जको सुविधा प्रदान गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस योजनाले गाडी सञ्चालकहरु, चालकहरू, शिक्षण संस्थाहरू, निर्माण कम्पनीहरू आदिलाई लक्षित गर्दै चालकहरूको बीमा, शून्य सेवा लागत तथा टुर प्याकेजहरू (निर्माण कम्पनीहरूका लागि),ल्यापटपहरू, प्रोजेक्टरहरू (शिक्षण संस्थाका लागि) योजनामा समावेश गरिएको कम्पनीले जनाएको छ ।

योजना (असोज १ गते) आजदेखि नेपाल अधिराज्यभर लागू हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकहरुले आइसरका देशभरीका शो रुमबाट यो अवसरको लाभ लिन सक्नेछन् ।

आइसर बतास एमएडब्लुले आधिकारिक रूपमा आइसरका गाडीहरु बिक्रि गदै आईरहेको छ । बतास समूह र मोरङ अटो वर्कसको गठबन्धनले नेपालमा आइसरको क्षितिज फराकिलो गर्दै काम गरिरहेको छ ।

नेपालमा आइसरका ११ शाखाहरु, ४ डिलर र १६ सहित देशैभर व्यवसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्