Shikhar Insurance
National Life

मन्त्री पाण्डे भन्छन्- ‘जनसहभागिताबिनाका कुनै पनि योजना सफल हुन सक्दैन’

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार १२:१८
Hyundai
NCELL
NIMB

नवलपरासी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनसहभागिताबिनाका कुनै पनि योजना सफल हुन नसक्ने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–११ मा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्रको आज उद्घाटन गर्दैँ मुख्यमन्त्री पाण्डेले सरकारको मात्र लगानीले योजना सफल नहुने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘आम जनताको सहभागिताबिना कुनै पनि मुलुक सफल हुन सक्दैन, त्यसैले जनचासो र जनसहभागिता हरेक क्षेत्रमा आवश्यक छ’ उनले भने ‘सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्न खोजेका कार्यक्रममा जनताको सकारात्मक साथ र चासो भएमात्र काम सफल हुने देखिन्छ ।’

उनले समाजमा अहिलेको व्यवस्था र सरकारप्रति भ्रम छर्ने काम भएको बताउँदै सकारात्मक कामको जनतासमक्ष सही सूचना दिनु आवश्यक रहेको उल्लेख गरे । जनतामा नकारात्मक भाव पैदा गर्ने काम धेरै भएकाले भएरगरेका कामको जानकारी जनताले लिनु आवश्यक रहेको उनको भनाइ छ ।

‘देशमा काम नभएको होइन, धेरै भएको छ । त्यसलाई जनतासमक्ष पुर्याउँदा नकारात्मक भावना छर्ने काम भएको छ, त्यस्ता कुराले मुलुकको दूरभविष्यलाई असर पार्दछ’ उनले भने ‘केही भएन होइन कि भएका के छन् र गर्नुपर्ने के हो, यसमा मेरो सहभागिता के हो भन्ने सोच जनतामा हुनु आवश्यक छ ।’

गण्डकी प्रदेशले प्रत्येक आर्थिक वर्षमा नवप्रवर्तन कार्यक्रममार्फत प्रदेशभित्रका स्थानीय सरकारसँग साझेदारीमा नवीनतम् कार्य गर्दै आएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा पनि १८ वटा स्थानीय सरकारसँग साझेदारी गर्नेगरी मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम छनोट भएको उनले जानकारी दिए ।

‘अहिले हरेक कुरा सरकारले गरिदिनुपर्छ भन्ने सोच विकास भएको छ तर सरकारले मात्र होइन सरकारले ल्याएको कार्यक्रममा जनताको पनि अहम् भूमिका हुन्छ’ उनले बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्