Shikhar Insurance
National Life

तरकारीमा विषादीको अत्याधिक प्रयोग न्युनीकरण गर्न जरुरी छ : मन्त्री अधिकारी

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार ११:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जिवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् ।

काठमाडौंको बल्खुस्थित कृषि तथा तरकारी बजारको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले किसानको जिवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरु पुरा हुन नसक्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दुध किसानको वक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस् भन्ने आफनो चाहना रहेको उल्लेख गरे ।

तरकारीमा विषादीको अत्याधिक प्रयोग बढदै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्युनीकरण गर्न जरुरी रहेको बताए ।विषादी न्युनीकरणका लागि किसान दाजुभाईलाई मन्त्री अधिकारीले आग्रह पनि गर्दै किसान र सम्वन्धीत निकाय वीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफु लागेको बताए ।

किसानको उत्पादन सहर सम्म ल्याई विक्रिको व्यवस्था गर्नका लागि वल्खुको जस्तो धेरै कृषि बजारहरुको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्