Shikhar Insurance
National Life

देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी छ : मन्त्री खड्का

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार ११:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशभर क्यान्सरसम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको बताएका छन् । नेपालमा क्यान्सरका क्षेत्रमा क्रियाशील अर्बुद रोग निवारण संस्थाको ४२औँ वार्षिकोत्सवमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएको भन्दै क्यान्सरलाई कम गर्न देशभर यससम्बन्धी जनचेतना फैलाउन जरुरी रहेको उल्लेख गरे । क्यान्सरसम्बन्धी जनचेतना फैलाउने काममा अर्बुद रोग निवारण संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री खड्काले देशभरि क्यान्सरका बिरामीको उपचारको थलो बनेको भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सञ्चालन महत्त्वपूर्ण कार्य रहेको भन्दै प्रशंसासमेत गरे । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान्सरका क्षेत्रमा संस्थाले गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए ।

संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर जस्तो प्राणघातक रोगको उपचार सेवा सुलभ बनाउन सरकारसँग माग गर्दै अर्बुद रोग संस्था क्यान्सर रोगविरुद्ध सचेतना फैलाउने भन्दै उपचारको क्षेत्रमा ४२ वर्षदेखि निरन्तर लागिरहेको जानकारी दिए । संस्थाका महासचिव दीपेन्द्र वान्तवाले हाल देशका ४८ जिल्ला शाखामा रहेका १५ हजारभन्दा बढी स्वयंसेवकले क्यान्सरबारे सचेतना अभियानमा महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

आगामी दिनमा देशभर स्वयंसेवकमार्फत जनचेतना अभियान सञ्चालन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए । कार्यक्रममा क्यान्सरसम्बन्धी उपचारमा संलग्न नौ जना चिकित्सकलाई सम्मान गरिएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्