Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न नबिल इन्भेष्टमेन्टले बोलायो साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार असोज २३ गते सेन्ट्रल प्लाजा तेश्रो तल्ला, नारायणचौर नक्साल, काठमाडौंमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान विवरण, अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/८१ को लागि कर सहित ५ करोड ११ लाख ५७ हजार ८ सय ९४ रुपैयाँ बराबरको नगद लाभांश पारित गर्ने सभाको एजेण्डा रहेको कम्पनीले सूचनामार्फत जनाएको छ ।

साथै, सभा प्रयोजनका लागि असोज १८ गते एक दिन सेयर दता किताब बन्द रहनेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्