Shikhar Insurance
National Life

नेपालमा आयात हुने पाम तेल क्रुड नभई तयारी भएको प्रमाणित, भन्सार विभागले गर्यो तयारीमा वर्गिकरण

सिंहदरबार संवाददाता
२०८१ आश्विन १, मंगलवार ०९:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा आयात हुने पामोलिन (पाम तेल) क्रुड नभएर तयारी भएको प्रमाणित भएको छ । भन्सार विभागले नेपालमा आयात हुने पामोलिनलाई तयारी भन्सार उपशिर्षकमा वर्गिकरण गरेको हो ।

पामोलिन २ भन्सार उपशिर्षकमा आयात हुन्छ । भन्सार उपशिर्षक नम्बर (एचएस) कोड १५११९०.२० र १५१०१०.०० बाट पामोलिन आयात हुँदै आएको छ । क्रुड पामोलिन भन्सार उपशिर्षक १५१०१०.०० बाट आयत हुँदै आएको छ । यो शिर्षकबाट आयात गर्दा १० प्रतिशत मात्रै भन्सार महसुल तिर्दा पुग्छ । यो शिर्षकबाट तेल आयात गर्दा बन्डेड वेयर हाउस र बैंक जमानतको सुविधा उद्योगले प्राप्त गर्ने गर्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, तयारी पामोलिन भन्सार उपशिर्षक १५११९०.२० बाट आयात हुन्छ । यो शिर्षकबाट आयात हुदाँ १५ प्रतिशत भन्सार महसुल तिर्नुपर्छ । विराटनगर भन्सार कार्यालयले जनकपुर रिफाइनरिजले ल्याएको क्रुड भनिएको पामोलिन तयारीमा वर्गिकरण गरेको प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालले जानकारी दिए । प्रमुख भन्सार अधिकृत ढकालले भने, ‘जनकपुर रिफाइनरिजले ल्याएको क्रुड भनिएको पामोलिन हामीले विभागको ल्याबमा टेष्ट गर्दा तयारी भएको तथ्य फेला पारेका छौं, उच्च अदालत पाटनको आदेश अनुसार १ महिनाभित्र वर्गिकरण गर्नु भन्ने आदेश बमोजिम सो कम्पनीले ल्याएको पामोलिन तयारी भन्सार उपशिर्षक १५११९०.२०मा वर्गिकण गरेका छौं ।’

प्रमुख ढकालका अनुसार वर्गिकरण गर्दा अन्तर्राष्ट्रिय भन्सारका अभ्यासहरु र  विश्व व्यापार संगठन (डब्लुटीओ) को गाइडलाइन अनुसार वर्गिकरण गरेको छ ।

जनकपुर रिफाइनरिजले भन्सार विभागको निर्णय चित्त नबुझेपछि उच्च अदालत पाटन गएको थियो । पाटन अदालतले विवादित भन्सार महसुल दर धरौटीमा लिएर १ महिनाभित्र वर्गिकरण गरिसक्न आदेश दिएको थियो । सोहि आदेश अनुसार विराटनगर भन्सार कार्यालयले वर्गिकरण गरेको हो । अब जनकपुर रिफाइनरिजले पामोलिनको हकमा निर्यात उद्योग सरह बन्डेड वेयर हाउस र बैंक जमानतको सुविधा पाउने छैन ।

कार्यालयको निर्णय चित्त नबुझेपछि जनरपुर रिफाइनरिज सिधैं सर्वोच्च अदालत गएको छ । भन्सार कार्यालयको निर्णय चित्त नबुझे पुनरावलोकनका लागि विभाग जाने बाटो हुन्छ । विभागको निर्णय चित्त नबुझे राजस्व न्यायधिकरण जाने सुविधा हुन्छ । तर जनकपुर रिफाइनरिज सिधैं सर्वोच्च अदालत पुगेको हो ।

जनकपुर रिफाइनरिजको विवाद फैलिएर अहिले सबै उद्योगहरुमा पुगेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालको आएमसी फुड्स प्रालीले पनि वीरगञ्ज भन्सार कार्यालयबाट मिलेमतोमा तयारी पामोलिनलाई क्रुड भनि जाँचपास गरेको थियो । तत्कालिन विरगञ्ज भन्सार प्रमुख डिलाराम पन्थीलाई भन्सार विभागले अनुसन्धान अघि बढाएपछि ब्याक डेटमा १५ प्रतिशत नै राजस्व तिराएर भन्सार जाँचपास गरेको थियो । सो जाँचपासमा सहभागी ३ जना कर्मचारीलाई १ महिनासम्म विभागमा हाजिर गराएर अनुसन्धान गरेको थियो ।

पमोलिनमा विवाद बढ्दै गएपछि भन्सार विभागले पामोलिनको वर्गिकरण नै ग्रीन च्यानलबाट रेड च्यानलमा परिवर्तन गरिदिएको छ । यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई क्रुड भन्सार उपशिर्षकको स्थानमा तयारी भन्सार उपशिर्षकमा वर्गिकरण गर्न पत्राचार मसेत गरिसकेको छ ।

 

 

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्