Shikhar Insurance
National Life

२० वाणिज्य बैंकले साउन महिनामा ९ अर्ब १७ करोड कमायो, सबैभन्दा धेरै कमाउने ग्लोबल आईएमई

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १९:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । साउन महिनामा २० वाणिज्य बैंकले ९ अर्ब १७ करोड ६ लाख नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार सो रकम बराबरको नाफा आर्जन गरेको हो ।

तथ्यांक अनुसार सबैभन्दा धेरै नाफा गर्ने बैंकमा ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ । यो बैंकले साउन महिनामा ८९ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । दस्रो धेरै मुनाफा कमाउने बैंकमा नबिल बैंक परेको छ । नबिल बैंकले साउन महिनामा ८० करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

धेरै नाफा कमाउनेको तेस्रो नम्बरमा कृषि विकास बैंक लिमिटेड रहेको छ । कृषि बैंकले साउन महिनामा ७१ करोड ३ लाख नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५७ करोड ७ लाख नाफा आर्जन गर्दा प्रभु बैंकले ५३ करोड ८ लाख नाफा आर्जन गरेको छ ।

यस्तै, हिमालयन बैंक लिमिटेडले ५८ करोड ८ लाख मुनाफा आर्जन गरेको छ । प्राइम कमर्शियल बैंकले ५० करोड ५ लाख मुनाफा आर्जन गर्दा एनएमबी बैंकले ४२ करोड ७ लाख मुनाफा आर्जन गरेको छ ।

त्यसैगरी, लक्ष्मी सनराइज बैंकले ४३ करोड ३ लाख नाफा आर्जन गर्दा कुमारी बैंक लिमिटेडले ५० करोड ३ लाख नाफा कमाएको छ । माछापुछ्रे बैंकले २० करोड २ लाख मुनाफा कमाउँदा एनआईशी एशिया बैंकले २६ करोड ६ लाख नाफा कमाएको छ ।

एभरेष्ट बैंक लिमिटेडले ४२ करोड २ लाख नाफा कमाउदा नेपाल एसबीआई बैंकले ३३ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी, विदेशी लगानीको स्ट्यार्डड चार्टर बैंकले ३१ करोड १ लाख नाफा आर्जन गरेको छ । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ३६ करोड मुनाफा आर्जन गर्दा नेपाल बैंक लिमिटेडले २२ करोड ३ लाख नाफा आर्जन गरेको छ ।

यस्तै, सिद्धार्थ बैंक लिमिटेडले ३४ करोड ८ लाख मुनाफा आर्जन गर्दा, सिटिजन्स इन्टरनेश्नल बैंकले ३४ करोड २ लाख र सानिमा बैंक लिमिटेडले ३८ करोड २ लाख मुनाफा आर्जन गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्