Shikhar Insurance
National Life

विकास बैंकहरुले कमाए ७६ करोड खुद नाफा, सबैभन्दा धेरै कमाउने शाइन रेसुगां

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १९:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक २०८१/८२ को २ महिनामा विकास बैंकहरुले ७६ करोड बढी खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका १७ विकास बैंकहरुमध्ये ११ वटा बैंकहरुले भदौ महिनासम्म ७६ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।

सबैभन्दा धेरै नाफा कमाउँने विकास बैंक शाइन रेसुगां डेभलपमेन्ट बैंक रहेको छ । बैंकले चालु आवको भदौसम्म २० करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, खुद नाफाको ग्रोथको दोस्रो नम्बरको सूचीमा मुक्तिनाथ डेभलपमेन्ट बैंक रहेको छ । बैंकले १६ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, महालक्ष्मी विकास बैंकले १० करोड ५० लाख रुपैयाँ, गरिमा विकास बैंकले ९ करोड ४० लाख, ज्योति विकास बैंकले ८ करोड ३० लाख र संग्रिला विकास बैंकले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी, लुम्बिनी विकास बैंकको ३ करोड ६० लाख, सिन्धु विकास बैंकको ३० लाख, साल्पा विकास बैंकको २० लाख र कर्पोरेट डेभलपमेन्ट बैंकको १० लाख रुपैयाँ खुद नाफा रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्