Shikhar Insurance
National Life

आन्तरिक राजस्व विभागले गर्यो १२३ जना अधिकृतहरुको सरुवा (सुचिसहित)

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १७:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजश्व विभागले १२३ जना कर अधिकृतहरुको सरुवा गरेको छ । विभागले सोमबार देशभरका बिभिन्न कर कार्यालयहरुमा १२३ जना कर अधिकृतहरुको सरुवा गरेको हो ।

आन्तरिक विभागले कर अधिकृतहरुको सरुवा गरेसँगै यस बर्षका लागि भन्सार र आन्तरिक राजश्व विभाग अन्तर्गत कर्मचारीहरुको सरुवाको मुल काम सम्पन्न भएको छ । अर्थ मन्त्रालयले पहिलो चरणमा सहसचिवहरुको सरुवा गरेको थियो । त्यस लगत्तै भन्सार र आन्तरिक राजश्व विभागले उपसचिवहरुको सरुवा गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भन्सार विभागले आइतबार मात्रै ३४ जना भन्सार अधिकृतहरुको सरुवा गरेको थियो । सोमबार आन्तरिक राजश्व विभागले १२३ जना कर अधिकृतहरुको सरुवा गरेसँगै अब राजश्व संकलनको काम रफ्तारमा अघि बढ्नेछ । यसपाली पनि शक्ति केन्द्रहरुले आफु अनुकुलका भन्सार तथा कर अधिकृतहरुलाई माददार अड्डामा सरुवा गराउन सफल भएको आरोप लागिसकेको छ, जसले गर्दा समग्र राजश्व संकलनको काम प्रभावित हुने बताइन्छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्