Shikhar Insurance
National Life

रवि लामिछानेले मुल अपराधबाट क्लिन चिट पाएका छन् : उपसभापति वाग्ले

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १७:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगिको आरोपमा क्लिन चिट पाएको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति वाग्लेले सहकारी ठगिको आरोपमा लामिछानेले क्लिन चिट पाएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अहिले सहकारीको वास्तविक ठगहरुको प्रकरण भने उजागर भएको बताए । उनले लामिछानेलाई आरोप लगाएर रास्वपालाई क्षति गर्ने मनशायसाथ संसदीय छानविन समितिको माग गरिएको भन्दै सो आरोप खारेज भएको बताए ।

उनले छानविन समितिले देशलाई भलो कुने काम गरेको बताउँदै भने, ‘सहकारीको रकम व्यक्तिगत खातामा ल्याउन रवि लामिछानेको भुमिका छन् भन्ने आरोप पूर्ण रुपमा खारेज भएको छ । रवि लामिछानेजीले आज क्लिन चिट पाउनुभएको छ । अरु ठगहरु, वास्तविक ठगहरु, ठुला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरु पनि यो बाट उजागर भएको छ । शुरुमा राजनीतिक क्षेप्यास्त्रको रुपमा यसलाई दुरुपयोग गर्न खोजिएपनि अन्तत्वोगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको छ ।’

उपसभापति वाग्लेले वास्तविक सहकारी पीडितहरुको मुद्दा आफूहरुले निरन्तर अगाडी लाने बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्