Shikhar Insurance
National Life

सभापति लामिछाने भन्छन्- ‘सहकारी ठगीमा मेरो संलग्नता नभएको पुष्टि भएको छ’

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १६:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगिमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अनुसार आफु सहकारी ठगिमा संलग्न नभएको पुष्टि भएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सहकारीबाट गोर्खा मिडियामा आएको पैसा चलाउने क्रममा आफु प्रवन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए । उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरुको भने आफु भागिदार हुने स्पष्ट पारे ।

उनले भने, ‘अझैपनि भाष्य निर्माण गर्नलाई त्यहाँबाट गएको पैसा त्यसले चलाएको हो नि भनेर भनिएको छ । जुन कुरामा लाञ्छना लागेको थियो त्यो कुरामा समितिले स्पष्ट पारेको छ । सहकारी ठगिमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ । पुष्टि भएको छ ।’

उनले आफूहरु सहकारी पीडतहरुको पक्षमा आवाज उठाइरहने पनि बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्