Shikhar Insurance
National Life

५७.०३ अंकले घट्यो सेयर बजार, कारोबार रकम ७ अर्बमा खुम्चियो

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ मा पुगेको हो ।

सोमबार ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयर किनबेच हुदाँ ७ अर्ब ३६ करोड १९ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ११ लाख ४९ हजार ७ सय ३६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ९ सय ५१ रुपैयाँ पुगेको छ ।

सोमबार १४ कम्पनीको सेयर मूल्य बढ्दा २२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, सोमबार २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको भने गुडविल फाइनान्सको सेयर ९.९१ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्