Shikhar Insurance
National Life

वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको माओवादी सांसदको आरोप

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १४:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले वर्तमान सरकार राष्ट्रका कार्यभारबाट विचलित भएको आरोप लगाएका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले चालु अधिवेशनमा अपरादर्शी, षड्यनन्त्रपूर्ण ढंगले सरकार बनेको बताए । उनले सामाजिक न्याय र राष्ट्रका कार्यभारबाट सरकार कतै विचलित भएको र बाटो बिराएको बताउँदै सरकारले चालु अधिवेशनमा आवश्यक बिजनेस दिन नसकेको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने, ‘यो बीचमा अपरादर्शी, षड्यनन्त्रपूर्ण ढंगले सरकार बन्यो । यही अधिवेशनकै बीचमा । जसरी बनेपनि त्यो सरकारको सफलताको शुभकामना प्रमुख प्रतिपक्ष दलको हिसावले दियौँ । सामाजिक न्याय र राष्ट्रका कार्यभारबाट यो सरकार कतै विचलित भएको र बाटो बिराएको देख्न सकिन्छ । सरकारले यो अधिवेशनमा अलि धेरै बिजनेस दिनसक्थ्यो, त्यो पनि त्यति सकेन ।’

सांसद शर्माले समितिमा सहमतिको सिस्टममा यस अधिवेशनको बीचमा सरकार पक्षबाट तोडिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्