Shikhar Insurance
National Life

माओवादी जनयुद्धलाई अपमानित र अवमूल्यन गर्ने कुरा सैह्य हुन्न : शक्तिबहादुर बस्नेत

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १३:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले माओवादीका उपमहासचिव शक्तिबहादुर बस्नेतले जनयुद्धलाई अपमानित गर्ने र अवमूल्यन गर्ने कुनैपनि गतिविधि स्वीकार्य नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको संविधान, शान्ति प्रक्रियाको भावना र जनयुद्धको भुमिकालाई अवमूल्यन र अपमानित गर्नेगरी एमालेका सांसद योगेशकुमार भट्टराईले संसदमा बोलेको विचारप्रति आफ्नो दलको असहमती, आपत्ति र विरोध कायमै रहेको समेत बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सो सम्बन्ध स्पष्ट पार्न पनि सम्बन्धित दलसँग माग गरे । उपमहासचिव बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्नसंयुक्त राष्ट्र संघको महासभाको भ्रमण, महत्त्वपूर्ण विधेयकहरुलाई संसदबाट अन्तिम टुंगोमा पुर्‍याउनुपर्ने स्थिति, जनसरोकारका मुद्दाहरुमा छलफल गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखि आफ्नो दलले संसद सुचारु गराउने निर्णय लिएको पनि जानकारी गराए ।

उनले भने, ‘नेकपा माओवादीको नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्ध, जसलाई विस्तृत शान्ति सम्झौता र संविधानले सशष्त्र संघर्षको रुपमा परिभाषित गरेको छ । यो संसदमा तीनै आन्दोलनहरुको योगदानलाई अवमूल्यन गर्नेगरी, अपमानित गर्नेगरी बहस हुने कुरा दुखद छ ।’

उपमहासचिव बस्नेतले माओवादी जनयुद्धलाई अपमानित गर्ने कुरालाई सहन गरेर बस्ने नसकिने पनि दोहोर्‍याए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्