Shikhar Insurance
National Life

जाम्बियाका राजदूत चन्द र अध्यक्ष ढकालबीच भेटवार्ता, लगानी विस्तार र खानी क्षेत्र प्रवर्द्धनबारे छलफल

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १२:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग भेटवार्ता गरेका छन् ।

नेपालको निजी क्षेत्रको छाता संगठनका रुपमा रहेको महासंघका अध्यक्षसँग नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत चन्दले नेपालमा लगानी विस्तार, अवसर तथा सम्भावनाका क्षेत्रका विषयमा छलफल गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासंघका अध्यक्ष ढकाल र नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत चन्दबीच नेपाल र जाम्बियाबीच सहकार्यका नयाँ अवसरहरू खोज्ने, द्विपक्षीय व्यापार प्रवर्द्धन गर्ने, लगानी विस्तार गर्ने लगायतका विषयमा कुराकानी भएको छ ।

दुबै देशको पर्यटन र खानी क्षेत्रलाई प्रवर्द्धन गरी आर्थिक विकासमा हातेमालो गर्ने विषयमा छलफल भएको नेपालका लागि जाम्बिया गणतन्त्रका अवैतनिक वाणिज्य दूत देशबन्धु बस्नेतले जानकारी दिएका छन् ।

जाम्बिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र नेपाल उद्योग वाणिज्य महासंघबीच नयाँ अवसरहरुको खोजी गर्ने, द्विपक्षीय व्यापार प्रवर्द्धन गर्ने, लगानी विस्तार गर्ने तथा पर्यटन र खानी क्षेत्रको प्रवर्द्धनमा सहकार्य विषयमा समझदारी समेत बनेको छ ।

यसका लागि जाम्बिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र नेपाल उद्योग वाणिज्य महासंघबीच निकट भविष्यमै समझदारीमा औपचारिक हस्ताक्षर हुने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्