Shikhar Insurance
National Life

वार्षिकोत्सवको अवसरमा कर्मचारी सञ्चय कोषद्वारा प्रभातफेरि

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार ११:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो ६३औँ वार्षिकोत्सवका अवसरमा आज प्रभातफेरि आयोजना गरेको छ । वार्षिकोत्सवकाे अवसरमा कोषले कविता प्रतियोगिता, रक्तदान, खेलकुद प्रतियोगितासमेत सञ्चालन गरेको कोषले जनाएको छ ।

कोषको प्रधान कार्यालय पुल्चोकबाट सुरु भएको प्रभातफेरि कुपण्डोल, थापाथली, माइतीघर हुँदै पुन: कोषको मुख्यालयमा पुगेर समापन भएको थियो । कोषका प्रशासक जितेन्द्र धितालले वार्षिकोत्सवका अवसरमा कोषका कर्मचारी तथा कोषमा आबद्ध रहेका व्यक्ति तथा सङ्घसंस्थालाई धन्यवाद दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोषमा हाल करिब ५ लाख ७५ हजार सञ्चयकर्ता रहेका छन् भने निवृत्तभरण कोषमा ८० हजार चार सय व्यक्ति आबद्ध छन् । यस्तै सञ्चय कोषमा ३३ हजार छ सय योगदानकर्ता कार्यालय तथा निवृत्तभरण कोषका लागि तीन हजार आठ सय कार्यालय जोडिएका छन् ।

प्रशासक धितालका अनुसार सञ्चयकोषमा ५ खर्ब २९ अर्ब ६९ करोडसहित करिब ६ अर्ब वित्तीय स्रोत परिचालन गरिरहेको छ । कोषले पछिल्लो समय सञ्चयकर्ता स्वास्थ्योपचार योजना, सुत्केरी तथा शिशु स्याहार योजना, दुर्घटना क्षतिपूर्ति योजना तथा काजकिरिया अनुदान योजनासमेतका सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउँदै आएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्