काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सुनको मूल्यले फेरी नयाँ रेकर्ड राखेको छ । केहि दिन देखि सुनको मूल्य लागाता र बढिरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड रोखको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५६ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदी आज १५ रुपैयाँले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्