Shikhar Insurance
National Life

ह्याम्स अस्पतालको साधारण सभा असोज २३ गते, लाभांश प्रस्ताव पेश गर्ने

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार ११:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले साधारण सभा आह्वान गरेको छ । बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार असोज २३ गते कम्पनीको कार्यालय, काजि बुढानिलकण्ठ नगरपालिकामा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा अध्यक्षले प्रस्तुत गर्ने आव ०८०/८१ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्नेछ । आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभामा आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने हयाम्स अस्पतालले सूचनमार्फत जनाएको छ । साथै, सभामा आव ०८०/०८१ को संचित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्न प्रस्ताव पेश गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्