Shikhar Insurance
National Life

मुद्दती निक्षेपमा सबैभन्दा धेरै एनआईसी एशिया बैंकले ब्याज दिने, असोजका लागि कुन बैंकले कति तोक्यो ब्याजदर ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३१, सोमबार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । असोज महिनामा पनि वाणिज्य बैंकहरूले ब्याजदर सामान्य घटाएका छन् । असोज महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर तोकेको हो । भदौ महिनाको तुलनामा असोजमा बैंकहरूको ब्याजदर मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ०.०९८ प्रतिशत  घटेको हो ।

असोजमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.४३ प्रतिशत र संस्थागततर्फ ५.१८ प्रतिशत  कायम रहेको छ । भदौमा औसत ब्याजदर ६.५२ प्रतिशत ब्याजदर रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

असोजमा १० बैंकले ब्याजदर स्थिर राखेका छन् भने ८ बैंकले घटाएका छन् । यस्तै, २ बैंकको ब्याजदर भने बढेको छ ।

कुन बैंकको ब्याजदर कति ?

एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले मुद्दती निक्षेपमा ७.१८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा बैंकले ७.४१ प्रतिशत ब्याजर तोकेको थियो ।

नबिल बैंक

नबिल बैंकले मुद्दति निक्षेपकर्तालाई ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । अघिल्लो महिना(भदौ)मा बैंकले ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा ६.१० प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल बैंक

नेपाल बैंकले मुद्दति निक्षेपकर्तालाई ५.९५ प्रतिशत ब्याज तोकिएको छ । भदौमा बैंकले ५.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंक

सानिमा बैंकले मुद्दति निक्षेपकर्तालाई ६.२० प्रतिशत ब्याजदर तोकेको छ । त्यसैगरी, बैंकले भदौमा व्यक्तिगततर्फ ६.२० प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंकले व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले भदौमा व्यक्तिगततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो ।

त्यसैगरी, केही बैंकको व्याजदर भने स्थिर रहेको छ । प्रभु बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।त्यसैगरी, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले व्यक्तिगततर्फ ६.५० प्रतिशत, कुमारी बैंकले व्यक्तिगततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकिएको छ ।

साथै, सिद्धार्थ बैंकले ६.५० प्रतिशत, माछापुच्छ्रे बैंकले ७ प्रतिशत, ग्लोबल आइएमई बैंकले ६.२५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ६.५० प्रतिशत ब्याजदर तोकेको छ ।

त्यस्तै, कृर्षि विकास बैंकले ६.०७ प्रतिशत, हिमालयन बैंकले ७ प्रतिशत, नेपाल एसबीआई बैंकले ६ प्रतिशत, एनएमबी बैंकले ६.५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत र स्टान्डर्ड चार्टड बैंकले ७ प्रतिशत ब्याजदर तोकेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्