Shikhar Insurance
National Life

भिजन सेक्युरिटिजद्वारा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १९:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । भिजन सेक्युरिटिज् प्रालि (स्टक ब्रोकर नं. ३४) को आयोजनामा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम भदौ २९ गते क्लासीक चुलो, ट्रेडमल पोखरामा सम्पन्न भएको हो ।

कम्पनीका कार्यकारी अध्यक्ष तिमिल्सिनाले दोश्रो बजारमा कारोबार गर्नको लागि आवश्यक प्रकृया, अनलाईन कारोवार, लगानीकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा व्याख्या गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी, गण्डकी प्रदेश प्रमुख पौडेलले हालै भैरहेको बजारमा युवावर्गको उपस्थिती, राष्ट्र बैकंको सर्कुलर, बैकंहरुले गरेको व्याजदरको निर्णय जस्ता विषयहरु पुँजी बजारको सकारात्मक रहेको, देशमा तरलता सहज भएको, आर्थिक मन्दीमा कमी ल्याउन पनि सर्वसाधरण जनताको लगानी जरुरी रहेको बताइन् ।

पोखरा ट्रेडमलका अध्यक्ष काफ्लेले लगानीकर्ताहरुले शेयरको दोश्रो वजारमा लगानी गर्दा वुझेर मात्र लगानी गर्न सचेत गराए । इन्भेष्टर फोरम गण्डकी प्रदेशका अध्यक्ष अर्जुन बहादुर श्रेष्ठज्यूले बजारमा लगानीकर्ताहरुलाई घाटा नभइ कमाइ नहुने र घाटा भएपछि मात्रा बुझेर लाग्ने गरेको देखिन आएको बताए ।

उक्त कार्यक्रममा व्यवसायी, लगानीकर्ता, शिक्षक, विद्याथीहरु गरी लगभग २७० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रालिका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिना, नेपाल राष्ट्र बैंक गण्डकी प्रदेश प्रमुख बिना ढकाल पौडेल, पोखरा ट्रेड मल का अध्यक्ष मिनराज काफ्ले, शेयर वजार विज्ञ/विष्लेशक सुवास चन्द्र भट्टराइ, सिद्धार्थ क्यापीटलका लगानी अनुसन्धान प्रमुख निराजन कार्की, इन्भेष्टर फोरम गण्डकी प्रदेशका अध्यक्ष अजुन कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्