Shikhar Insurance
National Life

सहज कर्जा उपलब्ध गराउन प्रभु बैंकले स्थापना गर्‍याे शैक्षिक केन्द्र

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १८:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय, पोखरामा शैक्षिक केन्द्र (एजुकेशन हव) स्थापना गरेको छ ।

बैंकले गण्डकी प्रदेश कार्यालय अन्तर्गत स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न जानेहरुका लागि आवश्यक शैक्षिक कर्जा सहज तथा सरल रुपमा उपलब्ध गराउने उद्धेश्यले एजुकेशन हव स्थापना गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल नेपालबाट उच्च शिक्षा हासिल गर्नको लागि विद्यार्थीहरु विभिन्न देशका कलेज तथा विश्वविद्यालयमा भर्ना हुनका लागि आवश्यक वित्तिय लागत परिपुर्ति गर्नको लागि आवश्यक पर्ने कर्जाको सहज उपलब्धतामा टेवा पुग्ने बैंकले विश्वास जनाएको छ ।

शैक्षिक कर्जा सुविधा उपभोग गर्नका लागि प्रदेश कार्यालयको शैक्षिक केन्द्र तथा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुमा सम्पर्क राखी ५ दिनभित्रै कर्जा स्वीकृत हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

शैक्षिक केन्द्रको स्थापना पश्चात विद्यार्थी तथा अभिभावकहरुलाई थप सहज र उत्कृष्ट सुविधा प्राप्त हुने विश्वास बैंकले लिएको गण्डकी प्रदेश प्रमुख राजु रानाले बताएका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्