Shikhar Insurance
National Life

मितेरी बचत तथा ऋण सहकारीकाे रकम अपचलनमा सिआइबीले सुरु गर्याे अनुसन्धान

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १६:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ । उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिएका हुन् ।

उनले भने ‘उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले हामीले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गरेको जनाइएका छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्