काठमाडौं । साताको पहिलो कारोबार दिन सयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ५०.७३ अंकले बढेर २६३७.७९ अंकमा पुगेको हो ।
आइतबार ३२४ कम्पनीको २ करोड ४८ लाख ४६ हजार ७ सय ८२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार ९ सय ५७ रुपैयाँ कारोबार भएको छ ।
आइतबार ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, तेह्रथुम पावर कम्पनीको ८.८३ प्रतिशत, बलेफि हाइड्रोपावरको ७.६० प्रतिशत, भिजन लुम्बिनी ऊर्जा कम्पनीको ६.६१ प्रतिशत सहित ५३ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्