Shikhar Insurance
National Life

संसदमा सभामुखको रुलिङको विरुद्धमा जाने छुट सांसदहरुलाई छैन: प्रमुख सचेतक बर्तौला

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १४:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुखको रुलिङको विरुद्धमा जाने छुट सांसदहरुलाई नरहेको बताएका छन् ।आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँगको प्रमुख सचेतकहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र) का सांसदहरुले सभामुख घिमिरेले रुलिङ गरिसक्नुभएको विषयलाई लिएर संसद अवरुद्ध गर्ने भनिरहेको भन्दै संसदमा सभामुखको रुलिङ नमान्ने अधिकार नरहेको बताए । उनले नियमावलीअनुसार नियमापत्तिको निर्णय गर्ने अन्तिम अधिकार सभामुखलाई हुने भन्दै सभामुखको रुलिङ नमाने कसको मान्नुहुन्छ ? भन्दै माओवादी सांसदहरुलाई प्रश्न गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सभामुखको रुलिङ हरेक सांसदले मान्ने कर्तव्य हुने बताउँदै सभामुखको रुलिङबिरुद्ध आन्दोलन गर्ने कुरा बेठिक भएको बताए । यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि प्रश्न सिर्जना गरेको बताए ।

उनले भने, ‘संसद अवरुद्ध गर्ने, चल्न नदिने निर्णय गर्नुभयो । यो बीचमा सभामुखज्युले समाधानका लागि पहल गर्नुभयो । सभामुखज्युले गरेको रुलिङ हेरक सांसदहरुले मान्नुपर्छ । हरेक सांसदले मान्ने कर्तव्य हुन्छ । नियमावलीले त्यो भन्छ । नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखको हुन्छ । जुन निर्णय सबैले मान्नुपर्छ । त्यसको खिलाफमा गएर माओवादी साथीहरुले जुन ढंगले निर्णय अस्वीकार गर्ने र निर्णय नसच्याएसम्म आन्दोलन गर्ने कुरा गर्नुभयो । यसले माओवादीको संसदीय प्रणालीमाथि र उसको निष्ठामाथि यसले प्रश्न सिर्जना गरेको छ ।’

प्रमुख सचेतक बर्तौलाले संसदको प्रतिष्ठा जीवन्त राख्नेकुरामा नियमावलीले भनेअनुसार चल्न माओवादी सांसदहरुसँग आग्रह गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्