Shikhar Insurance
National Life

उपसभामुख रानालाई जब्बरजस्ती पदबाट हटाउने प्रयास गरियो : बेलवासे

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १३:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभाका सदस्य गंगाकुमारी बेलवासेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने खोज्ने प्रयास उचित नभएको बताएकी छिन ।

उपसभामुख रानाले आफूले केही गल्ती गरेको स्वीकार गरेपछि पनि सत्तारुढ काँग्रेस र एमालेले सो विषयलाई उचालेर जब्बरजस्त उनीमाथि कारबाही गर्न खोज्नु आफूहरुका लागि मान्य नहुने उनको जिकिर थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा सांसद बेलवासेले उपसभामुख रानाबाट भएको पत्राचारमा त्रुटी भएपनि त्यस अनुसारको काम नभएको पनि बताइन् ।

सांसद बेलवासेले सत्तारुढ दलहरुले उपसभामुख रानामाथि खनिनुपर्ने कुनै कारण नरहेको पनि जानकारी दिइन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्