Shikhar Insurance
National Life

उपलब्धि हासिल गर्ने कुरामा मन्त्रालयलाई दोस्रो हुने छुट छैन : मन्त्री गुरुङ

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १४:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हाँसिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरुसँग कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन् । उनले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको बताउँदै हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर टप अफ द टबल हुनुपर्ने भन्दै काममा इमान्दारितापूर्वक लाग्न आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सबै मिलेर काम गर्दा असफल नभइने बताए । काममा ठग्ने र ढाँट्नेहरु आफूलाई मन नपर्ने भन्दै इमानपूर्वक काम गर्नेलाई सुझाव दिनका लागि आफ्नो ढोका सदैव खुला रहने पनि बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय उदाहरणीय मन्त्रालय बन्नेगरी काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो मन्त्रालय हरेक कुरामा डिस्टिङसन ल्याएर टप अफ द टबल हुनुपर्छ यो उपलब्धि हाँसिल गर्नेकुरामा । त्यसका लागि म सबै कर्मचारी साथीहरुलाई इमान्दारितापूर्वक लाग्न अनुरोध गर्न चाहन्छु ।’

‘प्रतिपक्षमा हुँदा पनि र मन्त्री हुँदा पनि हामी सांसदहरुले बुझ्नपर्ने कुरा के छ भने यो राज्य हाम्रो हो, हामीले गर्ने हो । इमानपूर्वक काम गर्नेलाई मेरो ढोका जहिले पनि खुला छ । सुझाव राख्नका लागि जहिल्यै आउनुस् । कामचोर मलाई मन पर्दैन, ढाँट्ने बानी पनि मन पर्दैन’ उनले भने ।

मन्त्री गुरुङले दक्षिण एशियामा सबैभन्दा स्वायत्त, स्वतन्त्र मिडिया काउन्सिल नेपालकै हुने दाबीसमेत गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्