Shikhar Insurance
National Life

संघीय सरकारको ६० करोड बजेटमा सुर्खेतमा रङ्गशाला निर्माण हुँदै

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पहिलोपटक कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाला निर्माण भइरहेको जानकारी दिएका छन् । शनिबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।

मन्त्री चौधरीले भने, ‘पहिलोपल्ट कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाल निर्माण हुँदैछ । कर्णाली प्रदेशका मुख्यमन्त्री,खेलकुद मन्त्री सबैको जोश-जाँगर छ । संघीय सरकारले ६० करोड रूपैयाँ बजेट छुट्याएको छ । १०औं राष्ट्रिय खेलकुदको गतिविधि अब व्यापक रूपमा सुरुवात हुन्छ’

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचेअनुरुपको काम गर्न नसकिएको बताए । अहिले संघीय सरकारको २१ वटा मन्त्रालयमध्ये खेलकुद मन्त्रालयमै सबैभन्दा कम बजेट रहेको उनले सुनाए ।

मन्त्री चौधरीले मूलपानीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको डीपीआर तयार भइसकेको र बहुवर्षीय योजनाका लागि राष्ट्रिय योजना आयोगमा यही हप्ता पेश हुने बताए । सरकारले रकमको सुनिश्चितता गरिसकेपछि कार्यक्रम सुरु हुने उनले बताए । वर्तमान सरकारको पहिलो निर्णय कीर्तिपूर रंगशाला ३ सय दिनमा तयारी गर्ने पहिलो निर्णय गरेको बताउँदै उनले त्यसका लागि २० करोड रुपैयाँ छुट्याइएको बताए । उक्त कामको टेन्डर गर्न बाँकी रहेको उनले बताए ।

त्यसैगरी, उनले कर्णालीमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताए । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णालीको सुर्खेतमा आयोजना गरिने चौधरीले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्