Shikhar Insurance
National Life

मोबाइल बैंकिङलाई नि:शुल्क बनाउन गभर्नरसँग छलफल गर्दै प्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १०:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले साना डिजिटल कारोबारलाई नि:शुल्क बनाउनेबारे नेपाल राष्ट्र बैंक नेतृत्वसँग छलफल गर्ने भएका छन् । मुलुकमा मोबाइल बैंकिङको प्रयोग बढिरहेको तर त्यसको कारोबार शुल्कले आम नागरिकमा चर्काे व्ययभार व्यहोर्न बाध्य परिरहेकाले अब साना कारोबारलार्य नि:शुल्क बनाउन छलफल थाल्ने प्रधानमन्त्री ओलीले बताएका हुन् ।

जाजरकोटका अबिन बिकले आफुलाई फेसबुक मेसेन्जरमा पठाएको सन्देशलाई फेसबुकमै लेख्दै ओलीले साना डिजिटल कारोबारलाई नि:शुल्क बनाउनेबारे छलफल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ओलीले फेसबुकमा यस्तो लेखेका छन्

शुभ बिहानी !

हिजोआज फेसबुकको इन्बक्समा मोबाइल बैंकिङ ट्रान्सफर गर्दा लाग्ने गरेको अतिरिक्त चार्जबारे फेसबुकका साथीहरुबाट सुझावहरु आइरहेका छन् । आजभोलि हामी धेरैजसो डिजिटल माध्यमबाट रकम ट्रान्सफर गर्ने गरेका छौं । इन्टरनेटको सहजताले होला, सानोसानो कारोबारमा पनि हामी क्यासलेस गर्न अभ्यस्त छौं । जाजरकोटका अबिन बिके लेख्नुहुन्छ– ‘अहिले म दैनिक रुपमा सयरपचास रुपैयाँका कारोबार दिनमा ५/६ पटक गर्छु र त्यहाँ हरेक पटक लाग्ने ११ रुपैयाँ ३० पैसा चार्जले मेरो दैनिक रुपमा ६०/७० रुपैयाँ खर्च हुन्छ । यसरी महिनामा मेरो दुई हजार देखि २२ सय सम्म खर्च हुन्छ, यो कसरी हटाउने होला !’

साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्