Shikhar Insurance
National Life

निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्रमा सुधार आउँछ : अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३०, आईतवार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र प्रवर्द्धन नीतिले मात्रै अर्थतन्त्र सुधार हुने बताएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोषका मिसनसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

उनले नेपाली अर्थतन्त्र र सामाजिक संरचना बुझेर नीतिगत सुझाव दिन र नीति तयार पार्न कोषलाई आग्रह समेत गरे । नेपाली अर्थतन्त्रको संरचना र चरित्र केही फरक छ, उनले भने सोही अनुसार नीति बनाउन सकिएन भने सुधारमा ढिलाई हुन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ढकालले नेपालमा हाल बैंकिङ प्रणालीमा उच्च तरलता देखिएको, र ब्याजदर घटेको भए पनि निजी क्षेत्रबाट लगानीको माग कम रहेको उल्लेख गरे । उनले महासंघले बैंकहरूलाई आफ्नै सर्तमा ऋण दिनका लागि लचिलोपन प्रदान गर्न आग्रह गरेको बताउँदै अत्यधिक नियमनले बैंकिङ क्षेत्र र निजी व्यवसाय दुबैको विश्वासमा गिरावट ल्याउन सक्ने दाबी गरे ।

ढकालले निजी क्षेत्रको सुझावमा सरकारले घोषणा गरेको नयाँ पुस्ताका सुधारले समाधानका उपाय निकाल्न सक्ने विश्वास पनि व्यक्त गरे ।ढकालले पछिल्लो लगानी सम्मेलनका क्रममा लगानी बढाउन ८ वटा कानुनमा संसोधन भएको र द्धिपक्षीय लगानी सम्झौताको खाका समेत तयार भएको जानकारी गराए ।

यसैगरि, उच्च विदेशी विनिमय संचिति, सकारात्मक भुक्तानी सन्तुलनको अवस्थामा पनि विदेशी लगानी आकर्षित हुन नसकेको अवस्थामा कोषले नेपालको प्रवर्द्धनमा सहयोग पुर्याउनुपर्नेमा अध्यक्ष ढकालले जोड दिए ।

भेटका क्रममा मिसन प्रमुख सरवत जाहाँले कोष नेपाललाई सहयोग गर्न आएको बताइन् । निजी क्षेत्रलाई महत्त्व दिनुपर्ने बिषयमा कोष सदैव सकारात्मक रहेको पनि उनले बताइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्