Shikhar Insurance
National Life

आजको मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना

सिंहदरबार संवाददाता
२०८१ भाद्र २९, शनिबार ०९:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । आज(शनिबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्