Shikhar Insurance
National Life

टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २९, शनिबार ०९:१३
Hyundai
NCELL
NIMB

दाङ । यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ ।

यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार अब यस विमानस्थलबाट शुक्रबार दिउँसो १२ बजे र मङ्गलबार दिउँसो २ बजे उडान भर्नेछ । दशैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएकोे प्रमुख सुनारले बताए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्