Shikhar Insurance
National Life

सरकारले जनतामा आशा जगाउने काम गरेको छ : एमाले महासचिव पोखरेल

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १८:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् । महासचिव पोखरेलले सरकारको कामलाई अझ प्रभावकारी बनाउने सम्बन्धमा सत्तारुढ दलहरुबीचको सहकार्यलाई अझ घनिष्ट बनाउने गरी छलफललाई अघि बढाइएको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले सरकारको कामलाई व्यवस्थित गर्नका लागि आफूहरुले कार्यदल बनाएर न्युनतम साझा कार्यक्रम तयारीको कामलाई अघि बढाएको पनि बताए ।

महासचिव पोखरेलले भने, ‘सरकारको कामको समिक्षाको समय शुरु भएको छैन । यद्यपि सरकारले नयाँ सरकार गठन भएपछि पार्टी अध्यक्षको नेतृत्वको सरकार गठन भएपछि जनतामा आशा जागृत भएको पार्टीको मूल्यांकन रहेको छ । अर्कोतर्फ प्रमुख पार्टीहरुको बीचमा कमन मिनिमम प्रोग्राम तयार गरेर कामलाई व्यवस्थित गर्ने खालको योजना बनेको छ । त्यस अन्तर्गत कार्यदल बनाएर काम अगाडि बढेको कुरा पनि म तपाईहरुको बीचमा राख्न चाहन्छु ।’

फरक प्रसंगमा महासचिव पोखरेलले विवादित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाबारे संसद र पार्टी संसदीय दलले गर्ने निर्णय आफूहरुलाई स्वीकार हुने पनि बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्