Shikhar Insurance
National Life

वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्यो- ‘युवा सम्मेलन आयोजना गर्छौं’

सिंहदरबार संवाददाता
२०८१ भाद्र २८, शुक्रबार १८:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टीको सचिवालय बैठकले आगामी कार्तिक भित्र बाँकि रहेका जिल्ला अधिवेशनहरु सम्पन्न गरिसक्ने लगायतका १८ विषयवस्तुहरुका समावेश गरिएको सो कार्ययोजना पारित गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्ययोजनामा आगामी मंसिरभित्र सबै तहका कमिटीहरुको अधिवेशन सम्पन्न गरिसक्ने उल्लेख गरिएको पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिए ।

कार्ययोजनामा पाटीलाई आगामी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी अघि बढाउने भनिएको छ । त्यसैगरी पार्टीमा युवाहरुलाई परिचालन गर्नका लागि ४० वर्ष भन्दा मुनिका युवाहरुलाई समेटेर युथ समिट आयोजना गर्ने निर्णय पनि गरिएको छ ।

महासचिव पोखरेलले राष्ट्र निर्माणका लागि युवाहरुलाई परिचालन गर्ने उद्देश्यका साथ एमालेले आफ्नो नेतृत्वमा सो सम्मेलन आयोजना गर्ने कुरालाई वार्षिक कार्ययोजनामा समावेश गरेको बताए ।

एमालेले समावेश गरेको १८ वटा विषयबस्तुसहितको कार्ययोजनामा सबै कमिटीहरुको कार्यालय व्यवस्थित बनाउने,असोसल मिडियालाई अनिवार्य रुपमा जोडने र हरेक पार्टी कमिटीहरुले सोसल मिडिया नेटवर्क निर्माण गरेर आफ्नो प्रचारको कामलाई व्यवस्थित गर्ने कुरामा जोड दिइएको छ ।

महासचिव पोखरेलले भने, ‘पार्टीको वार्षिक कार्य योजना निर्णायक राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना पारित गरेको छ । वार्षिक कार्ययोजना भित्र हामीले १८ वटा विषयहरु समावेश गरेका छौं । पार्टी सदस्यता नविकरण, विस्तार र अभिलेखिकरणको कामलाई कार्य योजनाको पहिलो विषय बनाइएको छ । नियमित रुपमा अधिवेशनहरुको आयोजना र व्यवस्थापनको काम खासगरी केही जिल्लाहरुमा अधिवेशन हुन बाँकी छ ।’

‘सरकारले गरेका कामहरुलाई जनस्तरमा लैजान कुराहरुमा र जनप्रतिनिधिको भूमिका वृद्धि गर्ने कुराहरुमा कार्ययोजना केन्द्रित रहेको छ । अर्को हामी पार्टी कामको एउटा महत्त्वपूर्ण विषयको रुपमा कार्यालयहरुको प्रभावकारी व्यवस्थापनको विषयलाई जोड दिन खोजेका छौं’ उनले भने ।

त्यसैगरी, कामका नयाँ क्षेत्रहरु पहिचान गर्ने र जिम्मेवारी प्राप्त गर्न नसकेको नेता, कार्यकर्ताहरुलाई नयाँ कामको क्षेत्रहरुमा परिचालित गर्ने खालको योजना बनाइएको उनले बताए ।

पोखरेल भन्छन्, ‘हरेक कमिटीहरुले आफ्नो वार्षिक बजेट तयार गर्नुपर्ने र बजेट अनुसार आम्दानी र खर्चको व्यवस्थापन गर्नुपर्ने परिपार्टीलाई पहिले हामी केन्द्रीय नेतृत्वको तहमा केन्द्रिय कमिटीको तहमा गर्दथ्यौं भने अव सबै तहका कमिटीहरुमा वार्षिक बजेट र स्रोत व्यवस्थापन गर्ने र बजेट अन्तर्गत खर्च व्यवस्थापन गर्ने खालको कुरालाई जोड दिन खोजिएको छ ।’

एमालेले नेकपा स्थापनाको ७५ वर्षको अवसर पारेर गर्ने भनिएका बाँकि कामहरु पनि सम्पन्न गर्ने कुरालाई पनि कार्ययोजनामा समावेश गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्